कोरोना विशेष

काठमाडौँ उपत्यकामा कोरोना विरुद्धको खोप अभियान अस्तव्यस्त

लाइन बसेका वृद्धवृद्धाले पाएनन् खोप


काठमाडौँ – काठमाडौं उपत्यकामा कोरोना विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले गत जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई आज दोश्रो डोज लगाउन सुचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु मध्ये कयौले खोप लगाउन नपाइ फर्कनु पर्यो ।

उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाण्डौ महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानै देखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापन देखि आक्रोशित बने ।

उनीहरुले सरकारले सही सुचना नदिएका कारण आफुहरुले दुख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सुचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।