राजनीति

एमाले कार्यदलको बैठक सकियो, भोलि फेरि बस्ने


काठमाडौँ – पार्टी भित्र देखिएको विवाद समाधानका सन्दर्भमा छलफल गर्न बसेको एमाले कार्यदलको बैठक सकिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठक केही बेर अघि सकिएको हो । बैठकमा छलफलका विषयहरु प्रवेश गरेको नेता गोकर्ण विष्टले बताउनुभयो ।

छलफलका लागि अगाडी सारिएका विषयमा कार्यदलमा रहेका सदस्यहरुबाट महत्वपूर्ण सुझाव आएको विष्टले बताउनुभयो । ‘छलफललाई कसरी टुंगोमा पुर्याउने भन्ने विषयमा आज केन्द्रीत भएका छौँ । भोली अर्को बैठक बस्ने गरी आज टुंगियो । हिजो भन्दा आज धेरै प्रगति भएको छ ।’ कुनै ठोस निर्णय भएन’, कार्यदलका एक नेताले भने, ‘बैठक भोलि बिहान ८.३० बजे फेरि बस्ने निर्णय गरियो ।’