कोरोना विशेष

२ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७१८ र ५ हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ५६५ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १५ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार २६३ पुगेको छ ।