राजनीति

कोटेश्वरमा प्रचण्ड र नेपालबीच भेटवार्ता


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमाले मिलाउन प्रयासरत कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला अध्यक्ष प्रचण्ड एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेको हो ।
प्रचण्ड जनकपुरबाट फर्किएर विमानस्थलबाट सीधै नेपाल निवास कोटेश्वर पुगेका हुन् । एमालेको कार्यदलले ओली र नेपाललाई मिलाउन प्रयास गरिरहे पनि नेता नेपाल भने कांग्रेससहितको विपक्षी गठबन्धनमा प्रतिबद्ध छन् ।