राजनीति

जसपा दुवै पक्षले निर्वाचन आयोगलाई भने : कानुनअनुसार गर्नुस्


काठमाडौँ – फुटको संघारमा पुगेका जसपाका दुवै पक्षका नेताहरुले आफूहरु मिलेर जान नसकिने जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।

मंगलबार आयोगले बोलाएको छलफलमा सहभागी नेताहरुले आफूहरुको अरु थप धारणा नरहेकाले कानुनअनुसार नै अघि बढ्न निर्वाचन आयोगलाई अनुरोध गरेका छन् । ‘उहाँहरुले छलफलमा बोलाउनुभएको थियो, आइयो कुरा गरियो’, जसपा अध्यक्ष उपेन्द्र यादवले नेपालखबरसित भने, ‘कानुनअनुसार नै अगाडि बढ्नुस् भनेर निर्वाचन आयोगलाई जिम्मा लगायौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि ओलीलाई साथ दिने र नदिने पक्षका बीचमा कित्ता छुट्टिएको हो । जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ । दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आएका छन् ।