राजनीति

संविधानअनुसार संसद् पुनःस्थापना हुुने प्रचण्डको दाबी



काठमाडौँ –नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । संविधानको मर्म र भावनाअनुसार संसद् पुनःस्थापना हुुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली थप निरंकुशतातर्फ अग्रसर भएको आरोपसमेत प्रचण्डले लगाउनुभयो । ओली जनताको नजरमा एक निरंकुश र लोकतन्त्रविरोधी तत्वको रुपमा उजागर भइसकेको भन्दै उहाँले ओलीको निरंकुश कदमविरुद्ध जनताले जवाफ दिनुपर्ने बताउनुभयो ।

आज माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अपर्ण गर्न जनकपुरधाम पुग्नुभएका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनःस्थापना मात्र नभई १४६ सांसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने जिकिर गर्नुभयो ।