काठमाडौँ – बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई आँप कोशेली पठाएकी छन्।
हसिनाले मोदी र बनर्जीलाई २ हजार ६ सय किलो आँप पठाएकी हुन्। हरिभंगा प्रजातीको यो आँप भारत(बांग्लादेशको सीमा बेनापोल चेकपोइन्टबाट बंगलादेशले भारत पठाएको हो।
हसिनाले भारतका राष्ट्रपति रामनाथ कोविन्द र त्रिपुराका मुख्यमंत्री बिपल्ब कुमार देवलाई पनि भेटस्वरुप आँप पठाएकी छन्।
प्रतिक्रिया