काडमाडौ्रँ – नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रस्थित कदुना शहरको एक विद्यालयबाट सशस्त्र समुहले १ सय ४० जना विद्यार्थीलाई अपहरण गरेको छ ।
मोटरसाइकल र गाडीसहित ठूलो समुहमा आएका बन्दूकधारीले विद्यालयका बालबालिकालाई जबरजस्ती जंगलतर्फ लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सो क्रममा एक शिक्षिका सहित २६ जना भाग्न सफल भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
यसअघि अस्ती आइतबार जरियास्थित सशस्त्र समुहले त्यहाँस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट १२ महिने एक बच्चा र दुई नर्ससहित अन्य ८ जनालाई अपहरण गरेको थियो । नाइजेरियामा सशस्त्र समूहले फिरौतीको मागसहित पटक–पटक सर्वसाधारणको अपहरण गर्ने गरेका छन् ।
गत डिसेम्बर यता मात्रै नाइजेरियामा एक हजार भन्दा बढी विद्यार्थीको अपहरण भइसकेको छ । अपहरणमा परेका मध्ये दुई सय भन्दा बढी अझै बेपत्ता छन् भने ९ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया