काठमाडौँ – सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ मा चदाह खोलाले खेतीयोग्य जमिन कटान गरेको छ ।
निरन्तरको वर्षापछि आएको बाढीले धान रोपाइँ गरेको खेत कटान गरेको हो । चदाह खोलाले हालसम्म धान रोपाइँ गरेको १७ बिघा खेत कटान गरेको गरेको हो । ८० बढी किसानले धान रोपाइँ गरेको खेत चदाह खोलाले खेत कटान गरेको हो । चदाह नियन्त्रण गरिएका स्थानमा खेत सुरक्षित रहेको र अन्य स्थानमा भने कटान गरिरहेको छ ।
यस्तै, रोपाइँ गरेको २५ बिघा बढी खेत पुरेको छ । कृषि व्यवसाय गरी दैनिक जीवनयापन गर्दै आएका दर्जनौँ किसान हरेक वर्ष चदाहको चपेटामा पर्ने गरेकछन् ।
प्रतिक्रिया