राजनीति

चिनका राष्ट्रपति र नेपालका नेताहरुबीच आज भर्चुअल बैठक



काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपतिले दक्षिण यसीयाली मुलुकमा बिभिन्न राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गरीरहेकाछन् । यसैक्रममा चिनियाँ राष्ट्रपती सिजिपिङ्गले आज नेपालका प्रधानमन्त्रीसहितका शिर्ष नेताहरुसँग छलफल गर्दैछन् ।

सिजिपिङ्गले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका शिर्ष नेताहरुसँग भर्चुअल छलफल गर्न लागेका हुन् । ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालगायतलाई निमन्त्रणा गरिएको छ ।

नेपालका शीर्ष नेतालाई बैठकमा सम्बोधन गर्न पाँच–पाँच मिनेट समय छुट्याईएको छ । मंगलबार नेपाली समय अनुसार साँझ ६ बजे भर्चुअल माध्यमबाट बैठक हुने छ । यो बैठकलाई नेपाल चिन सम्बन्धका जानकारहरुले सकारात्मक पहलको रुपमा लिएका छन् । दुई देशबीचको सम्बन्ध थप बलियो बनाउका लागि चीनले गरेको यो पहललाई सकारात्मक रुपमा लिनुपर्ने परराष्ट्रविदहरुले बताएका छन् ।

राष्ट्रपति सी मुख्य वक्ता रहेको जुम बैठकमा उनले बोलिसकेपछि बैठकमा शीर्ष नेताहरूले बोल्ने कार्यक्रम रहेको छ । जुम बैठकमा बिशेष गरी चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्षमा गरेको प्रगतिको समीक्षा, सिपिसी र सम्बन्धित मुलुकबीचको सम्बन्ध, राजनीतिक दलहरूसँगको सम्बन्ध लगायतका विषयमा राष्ट्रपति सीले जानकारी गराउनेछन् । नेपालका दलहरूले पनि नेपाल–चीन सम्बन्ध, सिपिसीको सय वर्षमा भएका प्रगतिबाट नेपालले सिक्नुपर्ने पाठका विषयमा सम्बोधन गर्नेछन् ।