राजनीति

एमाले कार्यदलको बैठक सिंहदरबार सुरु


काठमाडौँ – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको हो ।

कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन् ।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् । यसमध्ये मन्त्रीपरिषदको नियमित बैठक भएकाले अर्थमन्त्रीसमेत रहेका पौडेल अनुपस्थित छन् ।

जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन । यद्यपी त्यसयता दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए ।