राजनीति

पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरी वृत्त बानेश्वरमा उजुरी


काठमाडौँ – एमाले नेता एवं पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा उजुरी परेको छ । विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो । ३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको बानेश्वरका डीएसपी मिमबहादुर लामाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नामक महिलाले निवेदन दिएकी हुन् । सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ । तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन ।