समाचार

चीनको बहुप्रतिक्षित छेङ्गदु टियान्फु अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा


काठमाडौँ – चीनको बहुप्रतिक्षित छेङ्गदु टियान्फु अन्तरराष्ट्रिय विमानस्थल आधिकारिक रुपमा सञ्चालनमा आएको छ ।

सिचुवान एयरलाइन्सले आइतबार बिहान स्थानीय समयानुसार ११ बजे बेइजिङका लागि पहिलो उडान भरेको हो । सिचुवान प्रान्तको राजधानी छेङ्डु दुईवटा अन्तरराष्ट्रिय विमानस्थल भएको देशको तेस्रो शहर हो । यो विमानस्थल ७० बिलियन चिनियाँ युआन

(१०.८ बिलियन डलर) अर्थात् १२ खर्ब रुपैयाँको लागतमा बनेको हो । यो विमानस्थल ७लाख दश हजार स्क्वायर मिटरमा फैलिनुका साथै तीनवटा रनवे छन् भने दुईवटा टर्मिनल छन् । यो विमानस्थलले वर्षमा १० करोड यात्रुलाई उडान गराउन सक्नेछ ।