राजनीति

जसपाको राजनैतिक किचलोले राष्ट्रियसभाको बैठकमा प्रवेश पायो


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को राजनैतिक किचलोले राष्ट्रियसभाको बैठकमा प्रवेश पाएको छ । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य मृगेन्द्र सिं यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरुले छलछाम र जालझेल गर्न थालेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्थहरु पनि जालझेल र जालसाजीमा महारथ हासिल गर्नुभएको छ । ” सांसद यादव अहिले उपेन्द्र यादव पक्षमा हुनुहुन्छ ।