काठमाडौँ – अमेरिकाले चिडियाखानाका जनावरहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।
अमेरिकाले सन्फ्रान्सिस्कोको बे एरिया चिडियाखानामा रहेका बाघ, भालु र फेरेटसलाई परीक्षणको क्रममा रहेको कोरोनाविरुद्धको खोप दिएको हो ।
न्यु जर्सीस्थित फर्मा कम्पनी जोएटिसले विकास गरेको उक्त खोप चडियाखानाका दुई बाघलाई लगाउँदै खोप कार्यक्रम सुरु गरिएको हो । जोएटिस कम्पनीले अमेरिकाको विभिन्न ७० चिडियाखाना, संरक्षण क्षेत्र, शैक्षिक संस्था र सरकारी संस्थामा रहेका जनावरहरुका लागि ११ हजार डोज खोप दिने बाताएको छ ।
यद्यपि, अहिलेसम्म चिडियाखानाका कुनै पनि जनावरलाई कोरोना संक्रमण नदेखिएको चिडियाखानाको भेटेरिनरी सेवाका उपाध्यक्ष एलेक्स हर्मनले जानकारी दिए ।
प्रतिक्रिया