राजनीति

संसद्‌मा कालो झण्डा देखाउन नपाइने भन्दै कालो टोपी झिक्दै विरोध


काठमाडौँ – राष्ट्रिय सभाका सदस्य रमेशजङ रायमाझीले संसद्‌मा कालो झण्डा देखाउन नमिल्ने भन्दै कालो पहिरन लगाएर विरोध गरेका छन् । सुटदेखि टोपीसम्म कालो नै पहिरिएर राष्ट्रिय सभाको बैठकमा उपस्थित भएकाले रायमाझीले सरकारको कदमको विरोध जनाउन उक्त परिहन लगाएको बताउनुभयो ।

आफूले विरोधस्वरुप लगाएको कालो टोपी झिक्दै रायमाझीले भने, ‘मैले अहिलेसम्म सदनमा यस्तो ९कालो० टोपी पहिरिएको थिइनँ । संसद्‌मा कालो झण्डा देखाउन नमिल्ने भएकाले कालो टोपी पहिरिएको छु ।’

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध कालो झण्डा लिएर जनता सडकमा आउने अवस्था नभएकाले आफूले उक्त पहिरन लगाएर प्रस्तुत भएको उनको संकेत थियो ।

रायमाझीले प्रधानमन्त्री ओली रजानीतिक, नैतिक, मानसिक र आर्थिक रुपमा असफल भएको बताउनुभयो । ओलीकै कारण दुईतिहाइ नजिकको कम्युनिष्ट सरकार कमजोर हुँदै विघटन गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।