राजनीति

नारायणकाजीको टिप्पणी : प्रतिगमनको छिटा सदनमा देखिन थाल्यो


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको बताउनुभएको छ ।

आज राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रियसभाका अध्यक्षको भूमिकाप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले राष्ट्रियसभालाई संविधान रक्षा गर्ने थलो बनाउनुपर्ने भन्दै अधिवेशनलाई छिटो अन्त्य गर्नेतिर सोच्न नहुने बताउनुभयो ।\

श्रेष्ठले राष्ट्रियसभाको अधिवेशनलाई छिटो अन्त्य गर्नेतिर सोच्न नहुने बतँए । साथै सदनलाई संविधान रक्षा गर्ने थलो बनाउनुपर्ने भन्दै श्रेष्ठले अघि भने, ‘सम्माननीय अध्यक्ष पहिला कुन पार्टीको हुनुहुन्थ्यो, त्यो पार्टीमा पनि कुन गुटको हुनुहुन्थ्यो, सोच्ने बेला छैन । सम्मानीय राष्ट्रियसभाको अभिभावकको भूमिकामा हुनहुन्छ । केपी ओलीलाई सहयोग गर्ने भूमिकाबाट मात्र आफूलाई सोच्नुहुने छैन र राष्ट्रियसभाको गरिमा, संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई उभ्याउनु हुनेछ भन्ने आशा गरेको छु ।’

यसअघि ३० मिनेट समय पाएको र अहिले आफूलाई २० मिनेट माग्दा पनि १५ मिनेट मात्र पनि दिएको भन्दै श्रेष्ठले राष्ट्रियसभाका अध्यक्षको भूमिका निष्पक्ष नहुनु दुखद् भएको बताउनुभयो ।