समाचार

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुखले दिए राजीनामा


काडमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० तुलसीराम गौतमले पदबाट राजीनामा दिनुभएको छ ।

गौतमले आइतबार बैंक सञ्चालन समितिसमक्ष राजीनामा पेश गर्नुभएको बैंकले जनाएको छ । कार्यव्यस्तताका कारण पदमा रही काम गर्न असमर्थ भएको भन्दै उहाँले राजीनामा दिनुभएको हो ।

१९ वैशाख २०७५ सालमा ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका गौतमले कार्यकाल सकिन ९ महिना बाँकी छँदै राजीनामा दिनुभएको हो ।

नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनी एसबीआई बैंक हुँदै माछापुच्छ्रे बैंकबाट सीईओ बन्नुभएको थियो । उहाँले इक्रा नेपाल लिमिटेडदउ समेत सीईओ भएर काम गर्नुभएको थियो ।