काठमाडौँ – ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको गोल्डेन बुटमा अर्जेन्टिनी कप्तान लियोनल मेसी अग्रस्थानमा देखिएका छन् । प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भइरहँदा मेसी चार गोल गर्दै अग्रस्थानमा छन् ।
अर्जेन्टिनाका कप्तान मेस्सीले ५ खेलमा ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा छन् । उनले ४ गोलका लागि असिस्ट समेत गरेका छन् । गोल्डेन बुटको होडमा ब्राजिलका नेयमार पनि रहेका छन् । उनले ४ खेलमा २ गोल गरिसकेका छन् । उनले दुई असिस्ट गरेका छन् । पेरुका जियानलुका लापाडुलाले पनि ५ खेलमा २ गोल गरेका छन् । जारी प्रतियोगितामा साविक विजेता ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन् ।
प्रतिक्रिया