राजनीति

अध्यक्ष ओलीले दिएको अल्टिमेटम आज सकिँदै


काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ ।
गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकमार्फत ओलीले सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिनुभएको थियो ।

हस्ताक्षर फिर्ता नलिने एमाले हुन नसक्ने चेतावनी ओलीले दिनुभएको थियो । ओलीको अल्टिमेटममा खनाल–नेपाल पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षसहित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ । सर्वोच्च अदालतको फैसला आउने बेलामा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई खनाल–नेपाल पक्षले शंकाको दृष्टिले हेरेको छ ।