देश

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध


काठमाडौँ – गएराति नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सो सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको हो ।

पहिरो खुलाउने प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुखले जानकारी दिए । पानी नपरे दुई–तीन घण्टामा खुलाउन सकिने ट्राफिक प्रहरीले बताएका छन् । प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । सडक बन्द हुँदा मुग्लिन र आँपटारी क्षेत्रमा दर्जनौं सवारीसाधन अलपत्र छन् । हरेक वर्ष वर्षायाम सुरु भएसँगै पहिरोका कारण सडक अवरुद्धको समस्या भोग्दै आउनु परेको छ । यसका लागि सम्बन्धित निकायले दीर्घकालीन समाधान नखोज्दा सडक उपभोक्ताले सास्ती भोग्नु परिेको छ ।