वागमती

बागमती प्रदेशसभाको बैठक आज


काठमाडौँ – अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । आइतबार बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आज दिउँसोसम्मका लागि सारिएको हो ।


विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा आइतबार हेटौंडामा सर्वदलीय बैठक बसेको थियो । सभामुख सानु कुमार श्रेष्ठले आह्वान गरेको बैठकमा आजको बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।