राजनीति

माधवले गरे ओलीसँग भेट्न अस्वीकार, एमालेभन्दा गठबन्धन नै प्यारो (भिडियोसहित)

एक अर्काविरुद्ध कठोर वाक् युद्ध चलाईरहेका यी दुईनेताका भाषामा एकअर्कालाई वर्ग दुश्मनकै रूपमा प्रस्तुत गरेको देखिन्छ ।


काठमाडौँ – सत्तारुढ नेकपा एमाले अहिले एकता कि विभाजन भन्ने संगिन मोडमा छ । दुबै पक्ष आफ्ना अडानमा टसकोमस नहँुदा एकता कि विभाजन टुङगीएको छैन,तर पनि प्रयास जारी छ । आइतबार पनि नेताहरुले दौडधुप कायमै राखेपनि मिलनको विन्दु भेटिएन ।


पार्टी एकताका लागि प्रयास पनि गर्ने र धम्की पनि दिन नछोड्ने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने चेतावनी दिए । प्रधानमन्त्री ओलीले सर्वाेच्चमा विचाराधीन रहेको मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने र प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउन ज–जसको हस्ताक्षरकायम रहन्छ, ती पार्टीका कार्यकर्तासमेत नरहने दाबी गरे ।

अध्यक्ष ओलीको चेतावनी लगत्तै वरिष्ठ नेता माधव नेपालले आफू पक्षीय निवर्तमान सांसदहरुसंग छलफल चलाएर यहीँ अवस्थामा ओलीसंग मिल्न नसकिने विफ्रीङ नै गरेका थिए ।दोस्रो तहका नेताहरूले केही दिनयता दौडधुप बढाएर एकताको अधिकतम प्रयास गरे पनि अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल आ–आफ्नो अडानबाट पछि हट्नुको सट्टा थप एकलकाटे ढीपीमा अघि बढेका छन् ।

आइतबार विहानै ओली पक्षका नेता सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेपाल निवास कोटेश्वर पुगेर ओलीसंग वार्ता गर्न आग्रह गरेका थिए । एक ढिक्का छौ भनेर संयुक्त वक्तव्य जारी गर्न ओली पक्षले गरेको प्रस्तावमा नेता नेपालले कार्यदलले ड्राफ्ट गरेर ल्याउन सुझाव दिए ।भेटकै क्रममा महासचिव विष्णु पौडेलले नेता नेपाललाई ओलीसंग भेट गर्न आग्रह गरेका थिए । तर नेपालले अध्यक्ष ओलीसंग भेट्न अस्विकार गरिदिए ।

शुक्रबार र शनिबार ओली–नेपालबीच फोन संवाद भएको थियो ।नेपाल समूहका नेता घनश्याम भुसालले ओलीलाई फोन गरी नेता नेपालसँग संवादगराएका थिए । उक्त संवादमा ओलीले हस्ताक्षर फिर्ताको प्रस्ताव राखे भने नेपालले शनिबारको बैठक स्थगनको प्रस्ताव राखे । ओली र नेपालबीच उही पुरानै विषयमा गलफती परेपछि सहमति हुन सकेन ।

एमाले एकता वा विभाजन अहिले अदालतमा रहेका२३ सांसदको हस्ताक्षरमा निर्भर देखिन्छ । किनकि शुक्रबार नै ओलीले माधव पक्षलाई सोमबार पाँच बजेसम्म हस्ताक्षर फिर्ताको डेडलाईन दिएका छन् ।तर माधव पक्षले भने ओलीले एकताको प्रयास पनि गर्ने र विभाजनका लागि थप एकलौटी निर्णय पनि गर्दै जाने भन्दै कुनै हालतमा हस्ताक्षर फिर्ता नगर्ने अडान लिएको छ ।

एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको चार दशक लामो सम्बन्ध अहिलेको जस्तो संकटपूर्ण अवस्थामा संभवतः पहिले कहिल्यै थिएन । एक अर्काविरुद्ध कठोर वाक् युद्ध चलाईरहेका यी दुईनेताका भाषामा एकअर्कालाई वर्ग दुश्मनकै रूपमा प्रस्तुत गरेको देखिन्छ । तर, एउटै पार्टीमा सँगसँगै छन् । जुन कहिलेसम्म कायम रहन्छ अनुत्तरित छ ।