देश

काठमाडौँमा नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन


काठमाडौँ – नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित काठमाडौँमा प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको हो ।

मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।