देश

सार्वजनिक यातायातका चालक र यात्रुले पालना गर्नु पर्ने नियमहरु


काठमाडौँ – काठमाडौँ उपत्यकामा सोमबारदेखि जोर विजोर प्रणाली हटाएको छ । अब भोलीदेखि सबै किसिमका सार्वजनिक सवारी चल्न पाउने छन् । उपत्यकका तीन जिल्ला प्रमुखहरुको आइतबार बसेको सवारी साधनमा निश्चित मापदण्ड पालना गरी सवारी सधानम सञ्चालन गर्ने निर्णय गरेको हो ।

मापदण्ड अनुसार सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी साधनमा प्रवेश दिइने छैन ।

यस्तै, चालक तथा सहचालकले पनि अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउनुपर्नेछ । सवारी साधनको ढोकामा स्यानिटाइजको व्यवस्था हुनुपर्नेछ । कुल स्वीकृति सिटभन्दा बढी यात्रु चढाउन पाइने छैन