राजनीति

शिक्षा मन्त्री श्रेष्ठलाई पदबाट हटाउन रुपाले दिइन् सर्वाेच्चमा रिट


काठमाडौँ – दलीतलाई कोठा भाँडामा नदिइ जातीय विभेद गरेको भन्दै जेल परेकी सरस्वती प्रधानलाई छुटाउने शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै रिटमा उनलाई पदबाट हटाउन माग गरिएको हो ।