राजनीति

खोप ल्याउन वायु सेवा निगमले गर्याे उडान तालिका सार्वजनिक


काठमाडौँ – चीन सरकारसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउन लागि वायु सेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ ।

निगमका अनुसार पहिलो उडान जुलाई ८, दोस्रो र तेस्रो उडान जुलाई १५ र २२ मा हुने भएको छ । स्वास्थ्य मन्त्रालयले चीनको बेइजिङस्थित सिनोर्फाम कम्पनीसँग खोप ल्याउने सम्झौता गरेको थियो । मन्त्रालयले असार २४ गतेबाट खोप आपूर्ति हुने जनाएको छ ।

नेपाल वायुसेवा निगमका अनुसार अहिलेलाई ३ उडान तय गरिएको साथै थप उडानका लागि तयारी भइरहेको बताएका छन् ।