काठमाडौँ – अमेरिकाले मंगल ग्रहमा हेलिकप्टर उडाउने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले रोभर पर्सेवरेन्सको साथ सानो हेलिकप्टर यन्जेन्यूटी पनि पठाएको थियो ।
यो हेलिकप्टरले मंगलग्रहमा ६२५ मिटरको दुरी पार गर्ने नासाले जनाएको छ । यो उडान इन्जेन्यूटीको नवौं उडान हुनेछ । नवौं उडान ४ जुलाईपछि जुनसुकै दिन गरिने बताइएको छ । गत १९ अप्रिलमा इन्जेन्यूटीले मंगल ग्रहमा पहिलो उडान गरेको थियो ।
पहिलोपटक यो ३० सेकेण्ड १० फिट माथिसम्म उडेको थियो । एजेन्सी
प्रतिक्रिया