खेलकुद

कोपा अमेरिका : उरुग्वेलाई पराजित गर्दै कोलम्बिया सेमिफाइनलमा


काठमाडौँ – जारी कोपा अमेरिका फुटबलमा कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत गएराति  सम्पन्न खेलमा उरुग्वेलाई पेनाल्टी सुट आउटमा हराएउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा कोलम्बिया ४–२ ले विजयी बन्यो ।
उरुग्वेका जोसे जिमिनेज र मार्टिया भिनाले गोल गर्न सकेनन्। कोलम्बियाका किपर डेविड ओस्पिनाले दुई पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई स्तब्ध बनाएका थिए । कोलम्बियाले फाइनल प्रवेशका लागि अर्जेन्टिना र इक्वेडरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।