देश

रौतहटमा जङ्गली हात्तीको आतंक, स्थानीय त्रसित


काठमाडौँ – रौतहटको चार गाउँमा जङ्गली हात्तीले आतंक मच्चाएको छ । हात्तीका आतंकाका कारण स्थानीय त्रासमा दैनिकी कटाइरहेका छन् ।
शनिबार बिहान जङ्गलबाट करिब ३० किलोमिटर दक्षिणको गरुडा नगरपालिकाको शिवनगर, देवाहीगोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिकाको सखुअवा र मिठुअवा सहितको गाउँमा जङ्गली हातीको प्रवेश गरेपटि स्थानीय आतंकित बनेका हुन् ।

हाती नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोली खटिए पनि नियन्त्रणमा लिन सकिएको छैन ।

जङ्गली हातीले गरुडा नगरपालिकाको शिवनगर र माधवनारायण नगरपालिको मिठुअवामा दुई घर भत्काएको छ । स्थानीयको धानको भकारी जङ्गली हातीले भत्काएको छ । अविरल वर्षा भएसँगै जङ्गली हाती गाउँ पसेको हो ।