काठमाडौँ – सरकारल कोरोना भाइरस संक्रमणको दर कम भएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर, फेरि देशभर संक्रमित बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यता विज्ञहरुले पनि संक्रमण बढ्न सक्ने भएकोले आफै सर्तक रहनु पर्ने बताउछन् ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर पुनः बढ्न थालेको छ । बुधबार मात्र देशभर २ हजार ८ सय ५२ जनामा संक्रमण पुष्टि हुदाँ काठमाडौं उपत्यकामा मात्रै ४ सय ३६,संक्रमित थपिएका छन् । बहिरको जिल्लामा पनि संक्रमण बढ्दै गइरहेको छ ।
पछिल्ला दिनमा नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले ४ जनामा परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भइरहेको बताए । उनले जोखिम कम नभएकाले स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेका छन् ।
काठमाडौमा विभिन्न स्थानमा देखिएको भीडभाडले आगामी दिनमा सहज बनाउन संक्रमण नियन्त्रण गर्न धेरै गाह्रो पर्ने देखिन्छ । यो अवस्था उपत्यका बाहिर झन् बढी भएको आंकलन गर्न सकिन्छ । त्यसै सकेसम्म आफैले सर्तक अपनाउनु पर्ने विज्ञको सुझाव छ ।
निषेधाज्ञा हट्यो भिडभाड गरे पनि हुन्छ भन्ने सोच कसैले पनि राख्नु हुदैन किनकी अझै जोखिम कायमै छ । यस्तो अवस्थामा आमनागरिक सरकार दुवै पक्ष सर्तकता रहनु पर्ने देखिन्छ । केहि महिना पहिले भोगेको त्राश पुन नदोहोरियोस् भन्नका लागि पनि नागरिक नै सम्बेदनशील बन्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया