राजनीति

राजधानीमा सरकारविरुद्ध प्रदर्शन, ओलीको पुतला जलाइयो


काठमाडौँ – काठमाडौँको बानेश्वरमा अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ । अखिलले असंवैधानिक कदम चालेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुघद्ध नारा लगाएका थिए । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडप पनि भएको थियो ।