राजनीति

ओलीको धम्कीबाट कोही न्यायाधीश डराउनेवाला छैनन् : सभापति देउवा



काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने बताएका छन् । ओलीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप पनि देउवाले लगाएका छन् ।

‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’ बुधबार देउवाले नागरिक समाजका प्रतिनिधिहरुसँगको छलफलका क्रममा प्रश्न उठाएका थिए ।

निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने, तर स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने उनले बताए । देउवाले भने, ‘मलाई विश्वास छ, ओलीको धम्कीबाट कोही पनि न्यायाधीश डराउने वाला छैनन् ।’