देश

आयोगमा गरेको नियुक्ति बदर गर्न सर्वाेच्चमा पूरक रिट दर्ता


काठमाडौँ – सरकारले असार १० मा विभिन्न २० आयोगमा गरिएको पदाधिकारीको नियुक्ति बदरको माग राख्दै सर्वोच्चमा पुरक रिट दर्ता गरिएको छ। उक्त नियुक्ति बदरको माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार सर्वोच्चमा रिट हालेका हुन् ।

निवेदकले आयोगमा गरेको नियुक्ति प्रथम दृष्टि मै गैरसंवैधानिक, बदनीयतपूर्ण र कपटपूर्ण रहेकाले बदरको हुनुपर्ने माग गरेका छन् । सर्वोच्चमा पेस गरेको पूरक रिट सर्वोच्च प्रशासनले बुधबार दर्ता गराएको हो।