कोरोना विशेष

२ हजार ८९२ मा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८८९ र ४ हजार ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ५९७ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ११२ पुगेको छ ।