राजनीति

एमालेको महाधिवेशन आयोजक कमिटी भंग


काठमाडौँ – नेकपा एमालेको बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । बालुवाटारमा बसेको बैठकले सो कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा परिवर्तन गरेको हो ।

आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको छ । परिवर्तित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौँमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए ।