राजनीति

एमालेको स्थायी कमिटीमा आठ नेता थप, चार पूर्व माओवादीका नेता पनि समावेश


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीमा चार पूर्व माओवादीका नेतासहित ८ जना थप गरिएको छ । एमालेले बुधबार महाधिवेशन आयोजक कमिटी भंग गर्दै ८ जनालाई स्थायी कमिटीमा थप गरेको हो ।

आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको छ । प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको बताएका हुन् ।


नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।