देश

एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग


काठमाडौँ — नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग भएको छ । जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग गरेको एक नेताले जानकारी दिए ।

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा राखेर घर पुर्‍याएका थिए । मन्त्री श्रेष्ठको उक्त कार्यको सर्वत्र विरोध भइरहेको छ ।