राजनीति

राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पुरा


काठमाडौँ – राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पुरा भएको छ । राष्ट्रिय सभाको आठौँ अधिवेशन असार १७ गते बिहीबार दिउँसो ४ बजेको लागि बोलाइएको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ति विधेयकका साथसाथै समितिका प्रतिवेदनहरु र संवैधानिक निकायबाट आएका पत्रहरु प्रस्तुत हुने संघीय संसद सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुनेपनि उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परिक्षण पनि गरिएको छ । संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयको कर्मचारीको पनि एन्टीजेन परिक्षण गरिएको छ ।