काठमाडौँ – क्यानडामा अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० नाघेको छ । दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा मानिसहरूको मृत्यु भइरहेको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको संख्या ७० नाघेको जनाएको छ । मृत्यु हुनेमा जेष्ठ नागरिक धेरै छन् ।
ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम ४७.९ डिग्री सेल्सियससम्म पुगेको छ । बीबीसीमा अनुसार यसअघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन । क्यानडाको वातावरण विभागले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ ।
प्रतिक्रिया