काडमाडौँ – लोकसेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरू साउन १५ गतेदेखि सन्चालन गर्ने भएको छ । आयोगले रोकिएका परीक्षाहरू साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए । आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी दिनुभयो । परीक्षा पूर्वनिर्धारित समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ ।
रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य आयोगको रहेको छ । परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिफ्टमा परीक्षा सन्चालन गर्ने तयारी आयोगले गरेको छ ।
प्रतिक्रिया