राजनीति

कांग्रेस महाधिवेशन : निधिले छोडे पनि देउवालाई पौडेल र सिटौला साथ (भिडियोसहित)


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन अब दुई महिना मात्र बाँकी छ ।तर क्रियाशिल सदस्यताको विवाददेखि पार्टीको अन्यतयारी अझै पूरा भएका छैनन् । अहिले त पार्टीभित्रको सबैभन्दा ठुलो विवाद नै सभापति कसलाई बनाउने भन्नेमै देखिन्छ । जसमा सभापति देउवा नै जब्बर हुने विश्लेषण हुन थालेका छन् ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि हालसम्म ७जना नेताहरु सभापतिको आकंक्षीका रुपमा उभिएका छन् ।वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पार्टी नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला र सुजाता कोइराला सभापति बन्ने लाइनमा छन् । सभापति देउवा आफुनै दोहो¥याउने अडान सहित तयारीमा होमिएपछि संस्थापनइतर समुहका नेताहरु पनि समर्थन जुटाउने र समीकरण बनाउने दौडधुपमा केन्द्रीत बनेका छन् ।

देउवा र पौडेल समुहका नेताहरु प्रस्ट रुपमै तयारीमा जुटेपनि पार्टीभित्र तेस्रो धारका रुपमा रहेको कृष्णप्रसाद सिटौला समुह भने मौन छ ।संस्थापन पक्षबाट देउवा र निधि सभापतिका लागि उभिएपछि फरक समीकरण बनेको छ । निधि संस्थापनइतर पक्षका नेता शशांक कोइराला र प्रकाशमान सिंहसंग समीकरण बनाएर जाने तयारीमा छन् । यसैकारण यी नेताहरु निरन्तर भेटघाट र छलफलमा छन् । मंगलबार पनि तीन नेताबीच भएको छलफललेआगागी शुक्रबार केन्दीय कमिटी बोलाएर सभापतिको छिनोफानो लगाउने तयारी गरेको छ ।

तीन नेताले तेस्रो पटकसम्म वार्ता र संवाद चलाएपनि सभापतिमा कसलाई अगाडि सार्ने भननेमा सहमतिमा पुग्न सकेका छैनन् ।जसले समीकरणलाई थप चुनौती थपेको छ ।संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका पौडेलले अन्तिमपटक आफुलाई सहयोग गर्न भन्दै नेताहरुको समर्थन खोजेका छन् । तर नेताहरुले उनलाई प्रधानमन्त्रीको आश्वसन देखाएर सभापतिमा आफूलाईसघाउन आग्ह गरिरहेका छन् ।

जसले संस्थापनइतर पक्ष मिलेर जान सक्ने अवस्था लगभग अन्त्य भएको छ । यसले निष्कर्षमा देउवालाई लाभ हुने संकेत मिल्दै गएको कतिपयको विश्वासको छ ।आफ्नै पक्षका नेताहरुले साथ नदिने भएपछि पौडेल देउवालाई सहयोग गर्न तयार हुने र सिटौलाको साथ पनि अन्तिममा संस्थापन पक्षमा हुने नेताहरु बताउँछन् ।

संस्थापन पक्षबाटै निधिले उम्मेद्वारी घोषणा गरेपछि देउवा कमजोर हुने धेरैको आँकलन छ । तर देउवाले भने देशैभरीको अवस्था हेर्दा निधिको उम्मेदवारीले आफूलाई ठूलो असर नगर्ने निष्कर्ष निकालेका छन् ।निधिको पकडमा विजय गच्छदारको सक्रियता कायमै रहेकाले देउवाको आत्मविश्वास झनै बढेको छ । त्यसबाहेक राप्रपाको सुनिल थापा पक्ष पनि देउवाकै पक्षमा क्रियाशिल छ ।

आफ्ना नजिकभनिएका नेताहरुबाटै खेल परिवर्तनको सम्भावना बढेपछि पौडेल र सिटौला पनि निर्णयमा पुगेका छैनन् । यसर्थ उनीहरुकै समर्थन लिएर देउवाले तीन नेताबीचको समीकरणलाई हराएर फेरि पनि सभापतिमा बाजी मार्ने सम्भावना बलियो बनेको छ ।