विदेश

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिनाको जेल सजाय


काठमाडौँ – दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले गरेको हो । ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका थिए ।

सन् २०१८ मा ज्याकब जुमाको कार्यकाल समाप्त भएको थियो । पदमा रहँदा उनीमाथि भ्रष्टाचारका थुप्रै आरोप लागे । त्यतिबेला केही व्यापारी घरानाले राजनेतासँग साँठगाँठ गरेर निर्णय लिने प्रक्रियालाई प्रभावित गरिरहेको बताइएको थियो ।

यद्यपि, पूर्व राष्ट्रपति एकपटक अनुसन्धान आयोग समक्ष पेश भएका थिए तर पछि उनले यसमा समावेश भएको आरोप अस्वीकार गरेका थिए ।