काठमाडौँ – इथियोपिया सरकारले टिग्रे क्षेत्रमा युद्धविरामको घोषणा गरेको छ । विद्रोही लडाकूले क्षेत्रीय राजधानी मेकेलेलाई नियन्त्रणमा लिएको दाबी गरेसँगै सरकारले युद्धविरामको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टिग्रेमा हजारौंको संख्यामा मानिसहरु सडकमा निस्किएर उत्सव मनाइरहेका छन् ।
इथियोपिया सरकारले भने मेकेलेबाट आफ्नो नियन्त्रण गुमाएको उल्लेख गरेको छैन । टिग्रेमा सरकारी सेना र स्थानीय विद्रोही लडाकूबीच आठ महिनादेखि युद्ध चल्दै आएको थियो । गत नोभेम्बरमा इथियोपियाको सरकारले टिग्रेको सरकार चलाइरहेको टीपीएलएफ पार्टीलाई सत्ताबाट हटाउन आक्रमण शुरु गरेको थियो ।
सरकारले शुरु गरेको युद्धमा नरसंहार भएको र गम्भीर किसिमको मानव अधिकार उल्लंघन भएको आरोप लागेको छ । यो युद्धको क्रममा हजारौं मानिसहरु मारिएका छन् ।
प्रतिक्रिया