राजनीति

आजको सुनुवाइ सकियो : सरकारको पक्षबाट ४ नायव महान्यायाधिवक्ताले गरे बहस


काठमाडौँ – प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाई सकिएको छ । आज सरकारको पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।

संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी छ । मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् ।

सरकार पक्षलाई छुट्याइएको १५ घण्टा मध्ये १ घण्टा सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीका लागि छुट्याइएको छ । नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुपरेको तर्क गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवा दुवैको आधार स्पष्ट नभएपछि संविधानअनुसार विघटन गरिएको तर्क गरे ।

प्रधानन्यायाधीशले राणाले प्रश्न गर्दै भने, “नेपालको संविधानको धारा ७६ ९५०को प्रक्रिया पूरा नगरेकाले प्रश्न उठेको हो, विकल्प खोज्नु पर्ने थिएन र ?” जवाफमा नायव महान्यायाधिवक्ता पाण्डेयले जवाफ दिँदै भने, “दुवैको आधार नदेखेपछि राष्ट्रपतिले अस्वीकार गर्नुभयो, यो विषयलाई अदालतले हेर्न पनि मिल्दैन ।”