समाचार

एउटा दलमा बसेर अर्को दलको समर्थन गर्न पाइँदैन : नायव महान्यायाधिवक्ता पाण्डे


काठमाडौँ – सर्वोच्च अदालतमा मंगलबार पनि प्रतिनिधिसभा विघटन सम्बन्धी परेको रिटमाथि विपक्षका तर्फबाट बहस जारी छ । मंगलबार नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्नुभएको छ । उहाँले राष्ट्रपति र प्रधानमन्त्रीको कदम कानुनसम्मत भएको तर्क गर्दै एउटा दलमा बसेर अर्को दलको समर्थन गर्न नपाइने बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर पाण्डेलाई प्रश्न गर्नुभएको थियो । प्रधान्यायाधीश जबराको यो प्रश्नपछि नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले संसदमा नगएको जवाफ दिनुभएको थियो ।

उहाँले राजनीतिक अस्थिरताका धेरै कारणमध्ये एक अदालतका फैसला भएको बताउनुभयो ।