विदेश

कोभिडको त्रासले अमेरिकी दूतावासले भिसा नदिएपछि विद्यार्थीहरू भौतारिँदै


काठमाडौँ – कोभिड-१९ को त्रासले नेपालस्थित अमेरिकी दूतावासले अत्यन्त जरुरी बाहेकका भिसासम्बन्धी कार्यहरू बन्द गरेपछि काठमाडौँमा भिसा आवेदन दिनेहरू दिल्ली र चेन्‍नाई पुगेका छन् । भारतमा पनि कोभिड – १९ को उस्तै असहजता रहेको भए पनि त्यहाँ पूर्ण तवरले भिसा कार्य बन्द नभएको भन्दै कतिपय विद्यार्थीहरू भिसा आवेदनको लागि भारत जान परेको उल्लेख गरिएको छ ।

हुनत कैयन युरोपेली मुलुक र अस्ट्रेलियाकोे दूतावास काठमाडौँमा नै भए पनि भिसा लिन नयाँ दिल्ली जाने वा उनीहरूले जिम्मा लगाएको एजेन्टको भर पर्नुपर्ने यथार्थ पुरानै हो । उनीहरू किन भिसाको कार्यालय खुला भएन भन्दै अमेरिकी दुतावास र नेपालको परराष्ट्र मन्त्रालयलाई लगातार सामाजिक संजालमा ‘मेन्सनु गरेर सोध्‍ने काम गरिहरेका छन् । त्यही अधारमा अमेरिकी दूतावासले भिसा बारे खुला छलफल पनि अहिले चलाएका छन् । केही जिज्ञासा भए खुला रुपमा राख्‍न पनि दूतावासले आग्रह गरेको छ ।

हुनत दूतावासले भिसा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको तर भिसा नपाएका कतिपयहरू कोभिड हुनु अगावैदेखि नै विभिन्‍न मुलुकमा गएर आवेदन दिने गरेको स्पष्ट रहेको जनाएको छ । कतिपयले भने भिसा नपाएका कारण पनि अनेकन विषय उठान गर्ने गरेका हुन्छन् । यद्यपी अमेरिकामा उच्च शिक्षा हासिल गर्न जानेहरूका लागि भने असहजता भएको दुतावासले पनि महसुस गरेको छ ।

भिसा कुनै पनि मुलुकको अधिकार हुनाले त्यसमा सरकारले दबाब दिन सक्दैन । कूटनीतिक राहदानी बाहकले समेत कहिलेकाही भिसा पाउँदैनन् । भिसा नितान्त सम्बन्धित मुलुकको अधिकार हो । त्यसमा कारण देखाएर पुनरावेदन गर्न पाउँने अधिकार आवेदकमा रहन्छ भने सरकारले पनि प्रश्‍न गर्न सक्छ ।

कोभिडको त्रासले केही समय भिसा रोकेको भए पनि कूटनीतिक र औपचारिक भिसामा कुनै असहजता देखाएको छैन । अमेरिकी दूतावासले पानी जहाज र हवाई जहाजका चालक त्यसमा काम गर्नेहरूको लागि पनि भिसा रोकेको छैन । त्यस्तै सत प्रतिशत छात्रवृद्धि पाएकाहरू गएर पढिरहेका पनि दूतावासले जनाएको छ । त्यसका लागि त्यहाँको विश्‍वविद्यालयले अनुरोध गरी पठाएको विद्यार्थीको हकमा उसको विगत हेरेर स्पष्ट छ भने भिसा रोक्ने काम नभएको दूतावासका अधिकारीले जानकारी दिए ।

कामदार भिसालाई निकै कम गरिएको र घुम्‍न जाने भिसा भने पूर्णत रोकिएको दूतावसाले जनाएको छ । यस विषयमा दूतावासले तत्काल भिसाको कार्यालय खोलेर काम अघि बढाउने विषयमा पनि छलफल गरिरहेको जनाएको छ ।

दूतावासले निवेदक र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखेर न्यूनतम कार्य भएको जनाएको हो । यद्यपि दूतावास अधिकारीले भने नेपालमा भिसा नपाएकाहरू त्यताबाट पाइन्छ कि भनेर पहिले पनि जाने गरेको तथ्यांकहरू रहेको जनाएको छ । यस्ता प्रयासहरूका लागि दूतावास कुनै जिम्मेवार नरहेको पनि जनाएको छ । भिसाबारे विचौलियाहरूको भर नपर्न र भ्रममा नआउन समेत दुतावासले स्पष्ट पार्दै आएको छ ।

औषधि उपचारको लागि र अत्यावश्यक भ्रमणका लागि भिसा उपलब्ध गराउने काम दूतावासले प्राथमिकताको आधारमा गरिरहेको पनि जनाएको छ । कसैले भिसा नपाएको आधारमा नै भिसा भएन दूतावास खुलाएन भनेर भन्‍नुलाई केही गर्न नसकिने जनाएका छन् । दूतावासलाई नेपाल सरकारले पनि भिसा खुलाउन पूर्ण दबाब दिन सकेको छैन ।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेक्सनका एक अधिकारी भन्छन्, ‘कोभिडको यो अवस्थामा पूर्ण रूपमा खोल भनेर कसरी भन्‍न सक्छौँ रु त्यसैले पनि यस्ता विषयमा जिद्दी गर्न मिल्दैन । समस्या जेन्यून हो भने दूतावासलाई इमेल लेख्दा हुन्छ । कन्सुलर विभागले पनि त्यस्ता विषयमा ध्यान दिनु भन्‍न सक्छ ।’