Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

हाम्रो टीमका स्वयं सेवक पक्राउ


काठमाडौँ – हाम्रो टिम नेपालले सञ्चालन गर्दै आएको खाना बनाउने स्थानलाई काठमाडौं महानगरपालिकाले हटाएको छ ।
हाम्रो टिम नेपालले अनामनगरस्थित रहेको सार्वजनिक जग्गामा निषेधाज्ञाको समयमा भोकभोकै परेका मजदुरहरुलाई खाना खुवाउने गरेको थियो । सो जग्गाबाट आज महानगरपालिकाले हाम्रो टिम नेपाललाई हटाएको हो । प्रहरीले बलपूर्वक टिमका सदस्यहरुलाई त्यहाँबाट हटाएको छ भने हाम्रो टिम नेपालले बनाएको टहरापनि भत्काएको छ ।

काठमाडौं महानगरपालिकाको अनुमति बिना सार्वजनिक जग्गा अतिक्रमण गरी त्यहाँ बसेको र महानगरपालिकाको आदेश अनुरुप त्यहाँबाट हटाइएको काठमाडौं महानगरपालिकाका नगरप्रहरी दिनेश अर्यालले बताउनुभयो । जग्गा खालि गराउने क्रममा प्रहरीले दर्जन बढी स्वयं सेवकहरुलाई नियन्त्रणमा समेत लिएको छ ।