समाचार

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त


काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त हुनुभएको छ । डा. सागरराज भण्डारीले भोलि (मंगलबार) देखि अवकाश पाउने भएपछि उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट निर्देशक नियुक्त गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

११ औं तहका बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्ट्यान्ट हुनुहुन्थ्यो । कास्कीमा जन्मिनुभएका ३८ वर्षीय डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट छाला तथा यौन रोगका एमडी गर्नुभएको छ ।