राजनीति

राष्ट्रपतिको निर्णयमा न्यायालयले हात हाल्नु हुँदैन : महान्यायाधिवक्ता बडाल


काठमाडौँ – महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएमा अदालतले नै राजनीति गरेको ठहरिने बताउनुभएको छ । सोमबार संसद विघटनसम्बन्धी मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा बहस गर्ने क्रममा निवेदकले माग गरेअनुसार देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी हुन नसक्ने जिकिर गर्नुभयो ।

धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा १४९ सांसदको हस्ताक्षरसहित दावी गरेका देउवाको दावी राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि उहाँले १४६ सांसदको हस्ताक्षरसहित मुख्य माग राष्ट्रपतिको निर्णय बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्छ भन्ने छ ।

तर महान्यायाधिवक्ता बडालले त्यसरी परमादेश जारी भएमा अदालतले राजनीतिमा हात हालेको ठहरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘निवेदकको माग ग्रहण गर्नु अदालतले राजनीतिमा हात हाल्नु हुन्छ । यो असंवैधानिक हो ‘ राष्ट्रपतिको निर्णयमा न्यायलयले हात हाल्नु हुँदैन’।